रबरको गोली लागेर कान्तिपुर टिभीका पत्रकार सहित अन्य दुई पत्रकार घाइते

काठमाडौँ । राजधानीमा जारी जेनजी आन्दोलनले उग्र रूप लिँदै गर्दा प्रहरीले चलाएको रबरको गोली लागेर तीन जना पत्रकार घाइते भएका छन् । नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनको रिपोर्टिङ गरिरहेका कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठको पाखुरामा गोली लागेको छ । उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले प्रदर्शनको दृश्य कैद गरिरहेका बेला पत्रकार श्रेष्ठलाई प्रहरीले गोली हानेको बताएका छन् । 

यसैगरी, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना र नेपाल प्रेसका पत्रकार उमेश कार्की पनि घाइते भएका छन् । ढुंगानालाई पनि गोली लागेपछि तत्काल अस्पताल लगिएको छ । कार्कीलाई भने गोलीको छर्राले सामान्य चोट लागेको छ। पत्रकार कार्कीका अनुसार घाइते हुनेमा केही आन्दोलनकारीहरू समेत छन् ।

शान्तिपूर्ण प्रदर्शनको रिपोर्टिङ गरिरहेका पत्रकारहरूमाथि प्रहरीले गरेको यो कारबाहीको चौतर्फी निन्दा भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री