बानेश्वर : Gen-Z प्रदर्शनकारीले तोड्यो निषेधित क्षेत्र, प्रहरीसँग घम्साघम्सी

काठमाडौँ । भ्रष्टाचार र बेथिति विरुद्ध सडकमा उत्रिएका ‘जेनजी’ युवाहरूले काठमाडौँको मुटु नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गरेका छन् । शान्तिपूर्ण प्रदर्शनका लागि माइतीघर मण्डलामा भेला भएका युवाहरूको समूहले प्रहरीको घेरा तोड्दै अगाडि बढ्ने प्रयास गरेपछि नयाँ बानेश्वर क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो ।

भ्रष्टाचार र सुशासनको माग गर्दै सडकमा उत्रिएका यी युवाहरूले माइतीघरबाट नयाँ बानेश्वरतर्फ अगाडि बढ्ने क्रममा प्रहरीले रोक्न खोजेपछि दुई पक्षबीच घम्साघम्सी भएको हो । देशमा व्याप्त बेथिति र भ्रष्टाचारका कारण आजित बनेका युवा पुस्ताले अब सडकबाटै खबरदारी गर्ने भन्दै प्रदर्शनलाई तीव्रता दिएका छन् । उनीहरूको यो कदमले सरकारलाई खबरदारी गर्दै सुशासनका लागि दबाब सिर्जना गरेको छ ।

युवाहरूको यो प्रदर्शनले सामाजिक सञ्जालमा समेत व्यापक समर्थन पाएको छ । स्वतःस्फुर्त रूपमा सडकमा उत्रिएका यी युवाहरूले कुनै राजनीतिक दलको झण्डा नबोकी केवल देश र जनताका लागि आवाज उठाएको बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री