‘शी लिड्स आइकन’को दोस्रो संस्करण पुस १८ गतेदेखि २२ सम्म काठमाडौंमा

काठमाडौं । शी लिड्स आइकनको दोस्रो संस्करण यही पुस १८ गतेदेखि २२ सम्म काठमाडौंमा साथ सम्पन्न हुने भएको छ । राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशीलता र किशोरी सशक्तीकरणका क्षेत्रमा ४ वर्ष देखि कार्यक्रम तथा वकालत गर्दै आएको कल्प इम्पावर वेमेन नेपालले तीन दिने महिला उत्सव आयोजना गर्न लागको हो ।

स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरू (प्रमुख/उपप्रमुख) सुकर्मलाई सञ्चार गर्ने हेतुले आयोजना गरिएको कार्यक्रम हो।२०८१ साल पौष १९ गते काठमाडौँमा शी लिड आईकन पहिलो संस्करण सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न भएको थियो ।

दोस्रो संस्करणमा १३१ वटा आवेदन प्राप्त भएकोमा प्रक्रिया पूरा भएका १११ आवेदन रहेका थिए । त्यसमा प्रदेशबाट २० (प्रमुख/अध्यक्ष २, उपप्रमुख/उपाध्यक्ष १८), मधेश प्रदेशबाट १२ (प्रमुख/अध्यक्ष ३, उपप्रमुख/उपाध्यक्ष ९), बागमती प्रदेशबाट १७ (प्रमुख/अध्यक्ष २, उपप्रमुख/उपाध्यक्ष १५), गण्डकी प्रदेशबाट १६ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष १५), लुम्बिनी प्रदेशबाट १६ (उपप्रमुख/उपाध्यक्ष १६), कर्णाली प्रदेशबाट १२ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष ११) र सुदूरपश्चिम प्रदेशबाट १६ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष १५) आवेदन प्राप्त भएका छन्।

यसमध्ये प्रमुख/अध्यक्षको कुल संख्या १० र उपप्रमुख/उपाध्यक्षको कुल संख्या १०१ रहेको छ।

१३१ जना महिला जनप्रतिनिधिको आवेदनबाट निर्णायक मण्डलमा अष्टलक्ष्मी शाक्य, चारु चडड़ा, र सरु जोशीको टोलीले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट ५ , बागमती प्रदेशबाट ५, गण्डकी प्रदेशबाट ४, लुम्बिनी प्रदेशबाट ४, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ५ जना गरी जम्मा ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिहरू छनोट गरेको छ । जसमा ७ जना प्रमुख पद र २४ जना उपप्रमुख रहेका छन् ।

३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिको छोटो परिचय

१. विष्णु कुमारी लिम्बुउप–प्रमुखइलाम नगरपालिकाइलामकोशी
इलाम नगरपालिकाकी उप–प्रमुख विष्णु कुमारी लिम्बु जिल्ला सहकारी संघ इलामकी अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी इलाम शाखाकी पूर्व सभापति तथा सामाजिक अभियन्ता हुनुहुन्छ। उहाँको पहलमा माई भगवती बृद्धाश्रम र हिंसा पीडित महिला सुरक्षित आवास केन्द्र स्थापना भएका छन्। जनप्रतिनिधि बनेपछि उहाँले सहभागीमूलक, पारदर्शी र मितव्ययी सेवा प्रवाहलाई प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार र सहकार्य सुदृढीकरणमा उल्लेखनीय योगदान दिनुभएको छ।

२. धर्मकला शाहीउपाध्यक्षशुभकालिका गाउँपालिकाकालिकोट
धर्मकला शाही कर्णाली प्रदेशको कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहनुभएकी उहाँले महिला उद्यमशीलता, बालबालिका संरक्षण, स्वास्थ्य सेवा विस्तार, सडक र ऊर्जा पहुँच, न्याय सम्पादन तथा महिलाको क्षमता विकासमा उल्लेखनीय योगदान दिनुभएको छ।

३. चन्द्रकला अधिकारीउपाध्यक्षअन्नपूर्ण गाउँपालिकाकास्की
चन्द्रकला अधिकारी अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष तथा सामाजिक अभियन्ता हुनुहुन्छ। २०६७ सालदेखि राजनीतिमा सक्रिय रहनुभएकी उहाँले सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, महिला–युवा सशक्तीकरण, ई–शासन, विपद् व्यवस्थापन र हरित विकासमा नेतृत्व गर्दै अन्नपूर्ण गाउँपालिकालाई गण्डकी प्रदेशकै अग्रणी स्थानीय तह बनाउन योगदान दिनुभएको छ।

४. सुशिला शाहीनगर प्रमुखलम्कीचुहा नगरपालिकाकैलाली
सुशिला शाही लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख तथा २०६१ सालदेखि राजनीतिमा सक्रिय नेतृ हुनुहुन्छ। सामाजिक अभियन्ता रहनुभएकी उहाँले स्वास्थ्य, शिक्षा, पूर्वाधार, सीपमूलक तालिम, महिला सशक्तीकरण, डिजिटल पहल र वातावरण संरक्षणमा नेतृत्व गर्दै लम्कीचुहालाई आधुनिक र समावेशी नगर बनाउन योगदान दिनुभएको छ।

५. निर माया तरामुउपाध्यक्षसत्यवती गाउँपालिकागुल्मी
शिक्षण पेशासँगै सामाजिक अभियन्ता रहनुभएकी निर माया तरामुले २०६४ सालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएको हो। उपाध्यक्ष बनेपछि उहाँले बालविवाह अन्त्य, महिला स्वास्थ्य र सशक्तीकरण, कानुनी सचेतना, उद्यमशीलता प्रवर्द्धन, शिक्षा–स्वास्थ्य सुधार, वातावरण संरक्षण र समावेशी विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

६. देविका कुमारी सिंहउपाध्यक्षकुशे गाउँपालिकाजाजरकोट
सामाजिक अभियन्ता तथा २०६१ सालदेखि राजनीतिमा सक्रिय देविका कुमारी सिंह कुशे गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ। उहाँले शिक्षा सुधार, विवाद व्यवस्थापन, पारदर्शी शासन, दलित महिला तथा अपाङ्गता भएका बालबालिकाका लागि विशेष कार्यक्रममार्फत समावेशी विकासमा योगदान दिनुभएको छ।

७. सिता जैसीउप–प्रमुखभेरी नगरपालिकाजाजरकोट
सामाजिक अभियन्ता तथा २०६४ सालदेखि राजनीतिमा सक्रिय सिता जैसी भेरी नगरपालिकाकी उप–प्रमुख हुनुहुन्छ। उहाँले सहभागितामूलक समाज निर्माण, पूर्वाधार विकास, भूकम्प उद्धार तथा पुनर्निर्माण, शिक्षा–स्वास्थ्य सुधार र महिला तथा किशोरी सशक्तीकरणमा योगदान दिनुभएको छ।

८. ज्ञानु कुमारी सेटी देउबाउपाध्यक्षगन्यापधुरा गाउँपालिकाडडेल्धुरा
सामाजिक अभियन्ता तथा २०६४ सालदेखि राजनीतिमा सक्रिय ज्ञानु कुमारी सेटी देउबा गन्यापधुरा गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ। उहाँले जनप्रतिनिधि राहत कोष स्थापना, सडक विस्तार, शिक्षा र स्वास्थ्य सेवा सुधार, सुशासन तथा लक्षित वर्गका कार्यक्रममार्फत समुदायको जीवनस्तर उकास्न योगदान दिनुभएको छ।

९. जमुना कुमारी बोहराउपाध्यक्षजोरायल गाउँपालिकाडोटी
सामाजिक अभियन्ता तथा २०६८ सालदेखि राजनीतिमा सक्रिय जमुना कुमारी बोहरा हाल जोरायल गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायातजस्ता आधारभूत सेवाको सुधार, अर्गानिक खेती प्रवर्द्धन, विपन्न वर्ग सहयोग र सुशासनमा योगदान दिँदै जोरायललाई समृद्ध बनाउँदै आउनुभएको छ।

१०. लक्ष्मी धामी (रोकाया)उपाध्यक्षआदर्श गाउँपालिकाडोटी
सामाजिक अभियन्ता तथा २०७० सालदेखि राजनीतिमा सक्रिय लक्ष्मी धामी (रोकाया) आदर्श गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ। उहाँले सुशासन र पारदर्शिता प्रवर्द्धन, खानेपानी तथा स्वास्थ्य सुविधा विस्तार, पूर्वाधार विकास र महिला सशक्तीकरणमार्फत समावेशी र समृद्ध गाउँपालिका बनाउन योगदान दिनुभएको छ।

११. हुमा कुमारी डी.सी.उप–महानगर प्रमुखघोराही उपमहानगरपालिकादाङ
सामाजिक अभियन्ता तथा २०४९ सालदेखि राजनीतिमा सक्रिय हुमा कुमारी डी.सी. घोराही उपमहानगरपालिकाकी उप–महानगर प्रमुख हुनुहुन्छ। उहाँले महिला सशक्तीकरण, शिक्षा–स्वास्थ्य सुधार, स्थानीय उत्पादन प्रवर्द्धन, न्यायिक सचेतना र सामाजिक समावेशीतामा उल्लेखनीय योगदान दिनुभएको छ।

१२. गायत्री आचार्यउपाध्यक्षमेलुङ गाउँपालिकादोलखा
सामाजिक अभियन्ता तथा २०४७ सालदेखि राजनीतिमा सक्रिय गायत्री आचार्य मेलुङ गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ। उहाँले सहभागीमूलक योजना, कृषि अनुदान, शिक्षा–स्वास्थ्य सुधार, आधारभूत पूर्वाधार विकास, न्याय निपटान र सुशासनमार्फत मेलुङलाई समावेशी र विकासमुखी गाउँपालिका बनाउन नेतृत्व दिँदै आउनुभएको छ।

१३. विद्या देवी भुजेलउप–प्रमुखधनुषाधाम नगरपालिकाधनुषा
सामाजिक अभियन्ता तथा २०३६ सालदेखि राजनीतिमा सक्रिय विद्या देवी भुजेल धनुषाधाम नगरपालिकाकी उप–प्रमुख हुनुहुन्छ। उहाँले आधारभूत पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सुधार, महिला–युवा सशक्तीकरण, ई–सेवा प्रवर्द्धन र सुशासनमार्फत धनुषाधामलाई समावेशी र जनमुखी नगर बनाउन योगदान दिनुभएको छ।

१४. सीता माया गुरुङउपाध्यक्षनेत्रावती डबजोङ गाउँपालिकाधादिङ
सामाजिक अभियन्ता तथा २०५७ सालदेखि राजनीतिमा सक्रिय सीता माया गुरुङ नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ। उहाँले महिला उद्यमशीलता, समावेशी विकास, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विकासमा समुदायकेन्द्रित नेतृत्व दिँदै योगदान दिँदै आउनुभएको छ।

१५. हिरादेवी शर्माअध्यक्षमोदी गाउँपालिकापर्वत
सामाजिक अभियन्ता तथा २०४७ सालदेखि राजनीतिमा सक्रिय हिरादेवी शर्मा मोदी गाउँपालिकाकी अध्यक्ष हुनुहुन्छ। उहाँको नेतृत्वमा पूर्वाधार विकास, सामाजिक उत्थान, शिक्षा–स्वास्थ्य सुधार, बालमैत्री शासन, खानेपानी र आवासीय विद्यालय स्थापना जस्ता गौरवपूर्ण योजनामार्फत मोदीलाई उदाहरणीय गाउँपालिका बनाउन महत्वपूर्ण कदम चालिएका छन्।

१६. गोकुली कुमारी रेग्मीउपाध्यक्षठोरी गाउँपालिकापर्सा
सामाजिक अभियन्ता तथा २०७२ सालदेखि राजनीतिमा सक्रिय गोकुली कुमारी रेग्मी ठोरी गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ। उहाँले महिला सशक्तीकरण, विभेद अन्त्य, निःशुल्क शिक्षा–एम्बुलेन्स सेवा, डिजिटल सेवा प्रवर्द्धन र जनमुखी सुशासनमार्फत ठोरीमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिनुभएको छ।

१७. डोल्मा तामाङउपाध्यक्षसाइपाल गाउँपालिकाबझाङ
सामाजिक अभियन्ता तथा २०६२ सालदेखि राजनीतिमा सक्रिय डोल्मा तामाङ साइपाल गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ। उहाँले सीमान्तकृत वर्गको उत्थान, महिला–युवा सशक्तीकरण, सामाजिक समावेशीता, भत्ता कार्यक्रम र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै साइपाललाई सडक सञ्जालसँग जोड्ने अभियानमा नेतृत्व दिँदै आउनुभएको छ।

१८. प्रमिला राईउप–प्रमुखषडानन्द नगरपालिकाभोजपुर
षडानन्द नगरपालिकाकी उप–प्रमुख प्रमिला राईले २०६३ सालदेखि राजनीतिक यात्राको सुरुवात गर्नुभएको हो। उहाँले महिला, अपाङ्ग र दलित समुदायको सशक्तीकरण, न्यायमा पहुँच र गुणस्तरीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समावेशी नेतृत्व गर्दै आउनुभएको छ।

१९. विना कुमारी भट्टराईउप–प्रमुखठाकुरबाबा नगरपालिकाबर्दिया
वि.सं. २०६५ सालदेखि राजनीतिमा सक्रिय विना कुमारी भट्टराई ठाकुरबाबा नगरपालिकाकी उप–प्रमुख हुनुहुन्छ। उहाँले निःशुल्क शिक्षा, २४ घण्टा आपतकालीन स्वास्थ्य सेवा, सर्पदंश उपचार, विपन्नका लागि सुरक्षित आवास, कृषि उपजको सहज बजार व्यवस्था, अपाङ्गता भएका व्यक्तिका लागि दोब्बर अनुदान तथा सरल न्यायिक सेवा जस्ता जनमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै नेतृत्व दिँदै आउनुभएको छ।

२०. मिना कुमारी लामानगर प्रमुखहेटौंडा उपमहानगरपालिका
वि.सं. २०५६ सालदेखि राजनीतिमा सक्रिय मिना कुमारी लामा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख हुनुहुन्छ। उहाँले खानेपानी महसुल अनुदान, सफा हेटौंडा अभियान, स्थानीय उत्पादनको ब्रान्डिङ, रोजगारी सिर्जना, महिला सशक्तीकरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नगरलाई आधुनिक र समृद्ध बनाउन योगदान दिनुभएको छ।

२१. माया सिलवालउपाध्यक्षइच्छाकामना गाउँपालिकाचितवन
चितवनको इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल २०५० सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। उहाँले महिला र बालमैत्री नीति, डिजिटल सेवा प्रवाह, कृषि र स्वास्थ्य क्षेत्रमा प्रविधिको उपयोग, “एक घर, एक धारा” अभियान, ICT प्रवर्द्धन, उद्यमशीलता तालिम, सहुलियत ऋण तथा चेपाङ आवास निर्माणजस्ता कार्यलाई प्राथमिकतामा राख्दै पालिकालाई पारदर्शी र विकासमुखी बनाउन नेतृत्व दिँदै आउनुभएको छ।

२२. मिना थापाउपाध्यक्षसुनिलस्मृति गाउँपालिकारोल्पा
सामाजिक अभियन्ता तथा २०५९ सालदेखि राजनीतिमा सक्रिय मिना थापा सुनिलस्मृति गाउँपालिकाकी उपाध्यक्ष हुनुहुन्छ। उहाँले न्यायिक समितिको सफ्टवेयरमार्फत काम सञ्चालन, महिला लक्षित कार्यक्रम, गर्भवती र सुत्केरी महिलालाई घरमै पुगेर सहयोग, घुम्ती बैठक र प्रत्यक्ष संवादमार्फत समस्या समाधानजस्ता कार्यलाई प्राथमिकतामा राख्दै नेतृत्व दिँदै आउनुभएको छ।

२३. रीना कुमारी साहनगर प्रमुखमौलापुर नगरपालिकारौतहट
वि.सं. २०४१ साल माघ १५ गते जन्मनुभएकी रीना कुमारी साह २०७९ सालमा मौलापुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको हो। उहाँको नेतृत्वमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, महिला–दलित लक्षित कार्यक्रम र डिजिटल सेवा प्रणालीमार्फत मौलापुरलाई आधुनिक र समावेशी नगर बनाउन पहल भइरहेको छ।

२४. पद्मा गुरुङउप–प्रमुखबेसीशहर नगरपालिकालमजुङ
लमजुङमा जन्मनुभएकी पद्मा गुरुङ २०६५ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। उहाँको नेतृत्वमा एकल महिला र अपाङ्गता भएकालाई भत्ता, कृषि एम्बुलेन्स, उत्पादन–आधारित अनुदान, सीपमूलक तालिम, सेफ हाउस, निःशुल्क एम्बुलेन्स र स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुँदै बेसीशहरलाई सामाजिक सुरक्षा र महिला सशक्तिकरणमा अग्रणी बनाउन योगदान दिँदै आउनुभएको छ।

२५. गिता चौधरीनगर प्रमुखसुरुङ्गा नगरपालिकासप्तरी
वि.सं. २०३५ सालमा सप्तरीको समशेरपुरमा जन्मनुभएकी गिता चौधरी २०४८ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। महिला अधिकार र सामुदायिक विकासमा सक्रिय रहनुभएकी उहाँ सुरुङ्गा नगरपालिकाकी नगर प्रमुखको रूपमा सुशासन, सहज सेवा प्रवाह, रोजगारी सिर्जना र महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्दै नेतृत्व दिँदै आउनुभएको छ।

२६. कल्पना कुमारी कटुवालनगर प्रमुखबरहथवा नगरपालिकासर्लाही
वि.सं. २०२४ सालमा जन्मनुभएकी कल्पना कुमारी कटुवाल २०६४ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। सामाजिक अभियन्ता रहनुभएकी उहाँ नगर प्रमुखको रूपमा शिक्षामा सुधार, स्वास्थ्य सेवा, कृषि सिँचाइ विस्तार, आवास व्यवस्थापन र दिगो विकासलाई प्राथमिकतामा राख्दै योगदान दिँदै आउनुभएको छ।

२७. मिठु देवी लामाउपाध्यक्षलिसंखु पाखर गाउँपालिकासिन्धुपाल्चोक
वि.सं. २०२७ सालमा जन्मनुभएकी मिठु देवी लामा २०७४ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। सामाजिक अभियन्ता रहनुभएकी उहाँ उपाध्यक्षको रूपमा सुशासन, सहभागी विकास, स्वास्थ्य सेवा, शिक्षा र सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राख्दै नेतृत्व दिँदै आउनुभएको छ।

२८. मोहनमाया ढकाल (भण्डारी)नगर प्रमुखवीरेन्द्रनगर नगरपालिकासुर्खेत
वि.सं. २०३६ सालमा सुर्खेतमा जन्मनुभएकी मोहनमाया ढकाल २०६२ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। नगर प्रमुखको रूपमा उहाँले सहभागी योजना निर्माण, डिजिटल पालिका, शिक्षा–स्वास्थ्य सुधार, रोजगारी प्रवर्द्धन, महिला तथा सामाजिक सुरक्षा कार्यक्रम, पूर्वाधार र सरसफाइ सुधारलाई प्राथमिकतामा राख्दै वीरेन्द्रनगरलाई नमूना नगर बनाउन योगदान दिँदै आउनुभएको छ।

२९. बिपना कुलुङउपाध्यक्षमहाकुलुङ गाउँपालिकासोलुखुम्बु
वि.सं. २०४० सालमा जन्मनुभएकी बिपना कुलुङ २०६२ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। सामाजिक अभियन्ता रहनुभएकी उहाँ हाल महाकुलुङ गाउँपालिकाकी उपाध्यक्षको रूपमा महिला सशक्तीकरण, न्यायसम्बन्धी कार्यक्रम, प्रत्यक्ष भेटघाट–घरदैलोमार्फत सेवा प्रवाह तथा अनुगमन र सुपरभिजन कार्यमा नेतृत्व दिँदै आउनुभएको छ।

३०. सबिता राईउपाध्यक्षथुलुङ दुधकोशी गाउँपालिकासोलुखुम्बु
वि.सं. २०३९ सालमा जन्मनुभएकी सबिता राई २०६२ सालदेखि सामाजिक सेवा र राजनीतिमा सक्रिय हुनुहुन्छ। उहाँको नेतृत्वमा महिला सशक्तीकरण, रोजगारी, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिँदै थुलुङ दुधकोशी गाउँपालिकालाई समृद्ध बनाउन योगदान दिँदै आउनुभएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री