दोहा । नेपालकी छोरी अहाना गुरुङले ‘भ्वाइस अफ कतार’ प्रतियोगितामा सिनियर क्याटेगोरीमा फर्स्ट रनर-अपको उपाधि जित्न सफल भएकी छिन्। उनले ‘बेस्ट पर्नफर्मर’को अवार्ड पनि हात पारेकी छिन्। कतारको दोहास्थित सेराटन ग्रान्ड होटलमा अगस्ट २२, २०२५ मा आयोजित भव्य समारोहमा यो घोषणा गरिएको हो।
रेडियो ओलिभद्वारा आयोजित यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा भारत, इक्वेडर र कोस्टारिकाका राजदूतहरु, कतारका मन्त्रीगणका साथै अन्य अन्तर्राष्ट्रिय विशिष्ट पाहुनाहरुको बाक्लो उपस्थिति थियो। बलिउडकी चर्चित गायिका मधुश्री तथा वरिष्ठ संगीत निर्देशक रवि बादलले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
प्रतियोगिताको प्रारम्भिक चरणमा करिब ४०० जनाले अडिसन दिएका थिए। तीमध्ये ८० जना क्वाटर फाइनलका लागि छनोट भएका थिए। त्यसपछि ३० जनाले सेमिफाइनलमा स्थान बनाए भने १० जना फाइनलमा पुगेका थिए। फाइनलमा ५ जना वयस्क र ५ जना जुनियर प्रतियोगीहरुबीच प्रतिस्पर्धा भएको थियो।
अहाना गुरुङले ‘नेपालकी छोरी’ नामक गीतमा समेत आफ्नो सुमधुर आवाज दिइसकेकी छिन्। उनको यो सफलताले नेपालको संगीत क्षेत्रमा थप उत्साह थपेको छ।
आयोजक: रेडियो ओलिभ
निर्णायकहरु: मधुश्री (बलिउड गायिका), रवि बादल (वरिष्ठ संगीत निर्देशक)
स्थान: सेराटन ग्रान्ड होटल, दोहा, कतार
मिति: अगस्ट २२, २०२५




