काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य २ लाख ५ हजार ३०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज दश ग्राम सुनको मूल्य एक लाख ७६ हजार ५२५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार १३० रुपैयाँ ५० पैसा रहेको छ ।
तपाईंको प्रतिकृया



