सिटी एक्सप्रेसको दशैं-तिहार अफर सार्वजनिक, हरेक हप्ता १ जनालाई १ लाख

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरूले विभिन्न योजना सार्वजनिक गरिरहेका छन्। यसै सन्दर्भमा, १९ वर्षदेखि ग्राहकहरूलाई विश्वसनीय सेवा प्रदान गर्दै आएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै अहिलेसम्मकै सबैभन्दा आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। ‘यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ नामक यो बृहत् योजना लगातार ९ हप्तासम्म सञ्चालन हुनेछ, जसले प्रवासी नेपालीहरू र उनीहरूका परिवारलाई खुसी र उत्साह प्रदान गर्नेछ।

यस योजनाअन्तर्गत, विदेशबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राहीहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन्। हरेक हप्ता १ जना भाग्यशाली विजेताले नगद रु १ लाख प्राप्त गर्नेछन्। यसका साथै, दैनिक रूपमा सिटी पेमार्फत भुक्तानी गर्ने सबै ग्राहकहरूले आकर्षक क्याशब्याक पाउने व्यवस्था पनि गरिएको छ। यो योजना भाद्र १६ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ।

सिटी एक्सप्रेसले उपहार विजेताको छनोट पूर्ण रूपमा विद्युतीय प्रणालीमार्फत गरिने र यसमा कम्पनीका कुनै पनि कर्मचारी सहभागी नहुने स्पष्ट पारेको छ। यसले योजनाको पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्नेछ।

कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर एवं चर्चित हास्य कलाकार जितु नेपालको विशेष उपस्थिति थियो। उहाँले यस योजनाले ग्राहकहरूलाई थप प्रोत्साहन मिल्ने र चाडपर्वको खुसी साट्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

हालै, सिटी एक्सप्रेसले आफ्नो ग्राहक सेवालाई थप आधुनिक र सहज बनाउन सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ। यस सेवाबाट रेमिट्यान्स भुक्तानीलगायत अन्य अनलाइन भुक्तानीहरू पनि सजिलै गर्न सकिनेछ।

चाडपर्वको अवसरमा सिटी एक्सप्रेसले ल्याएको यो ‘बम्पर’ उपहार योजनाले ग्राहकहरूलाई आर्थिक लाभका साथै चाडपर्वको उमङ्गमा थप खुसी प्रदान गर्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री