करिब १ करोड लगानीमा सञ्चालनमा आयो ‘मेरो फोन’

काठमाडौं । मोबाइलको एकीकृत सेवा दिने उद्देश्यले काठमाडौंको सरस्वतीनगर, कपनमा ‘मेरो फोन’ नामक मोबाइल पसल स्थापना गरिएको छ। करिब १ करोड रुपैयाँको लगानीमा मंगलबारबाट सो पसल सञ्चालनमा आएको हो।

पसलबाट विभिन्न मोडलका मोबाइल फोन खरिद गर्न तथा मोबाइलमा आउने सबैखाले समस्या समाधानको सेवा दिइने सञ्चालक नवीन न्यौपानेले जानकारी दिए।

उनका अनुसार सामसङ, एप्पल, ओप्पो, भिभो लगायतका अन्तरास्ट्रिय ब्रान्डका स्मार्टफोन, मोबाइलका सामान, मर्मत सेवा प्राप्त गर्न सकिनेछ। मोबाइल बीमाको सुविधासमेत पसलबाट प्राप्त गर्न सकिनुका साथै किस्ताबन्दीमा मोबाइल खरिद गर्न पनि सकिनेछ।

‘काठमाडौंवासीलाई गुणस्तरीय सेवा दिन तथा नयाँ प्रविधिको सहज पहुँच सुनिश्चित गर्न मेरो फोन सुरु गरिएको हो’, न्यौपानेले भने।

उद्घाटनको अवसरमा विशेष छुट तथा आकर्षक अफरहरू पनि सार्वजनिक गरिएको उनले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री