काठमाडाैं । टीभीएस नेपाल, नवीनता र उत्कृष्ट इन्जिनियरिङमा परिचितले नाइमा २०२५ अटो शोको तेस्रो दिन आफ्नो प्रसिद्ध एनटॉर्क डिस्क एफआई स्कूटरको नयाँ रंग भ्यारीएन्ट सार्वजनिक गरेको छ। यो अटो शो पाँच दिनसम्म चल्नेछ, जसमा ५० भन्दा बढी स्थानीय र अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (इभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरूको प्रदर्शनी गर्नेछन्।
टीभीएसले नयाँ एनटॉर्क डिस्क एफआई स्कूटरको स्टल नम्बर एल३ए, हल बी मा दुई आकर्षक रंग, टर्कोइस ब्लु र नार्दो ग्रे, प्रस्तुत गरेको छ। आधुनिक यात्रुहरूको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै डिजाइन गरिएको यो स्कूटर स्मार्ट प्रविधि र पर्फोर्मेन्सको बेहतरीन संयोजन हो। यसमा प्रयोग गरिएको १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले स्कूटरलाई न केवल शक्तिशाली बनाएको छ, तर ४५ किलोमिटर प्रतिलिटरको माइलेज पनि दिन्छ।
टीभीएस एनटॉर्क डिस्क एफआई स्कूटरको विशेषताहरूः
ब्लुटुथ कननेक्टिभिटी
टर्न–बाइटर्न नेभिगेसनसहितको पूर्ण डिजिटल मिटर
उत्कृष्ट ब्रेकिङ नियन्त्रणका लागि अगाडिको डिस्क ब्रेक
युएसबी चार्जिङ पोर्ट
दैनिक प्रयोगमा सजिलो बाहिरी फ्युल फिलिङ
यो स्कूटरको मूल्य नेपाल बजारमा रु २,८२,९०० निर्धारण गरिएको छ र यसले आफ्नो श्रेणीमा उत्कृष्ट विशेषताहरू प्रदान गर्दछ, जसले गर्दा यो एक उत्कृष्ट विकल्पको रूपमा उभिन्छ।
नाइमा एक्स्पो २०२५ अटो शोमा सहभागी सबैलाई हल बी, स्टल नम्बर एल३ए मा गएर नयाँ एनटॉर्क डिस्क एफआई स्कूटरलाई नजिकबाट अवलोकन गर्न आमन्त्रण गरिएको छ।



