काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन एक लाख ९९ हजार ४ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी २ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी २ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया



