सुनको मूल्य हालसम्मकै उच्च, पुग्यो दुई लाख नजिक

काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ९८ हजार ४ सय रुपौयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर २ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री