झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.९४ अंकले घटेर २ हजार ८३२.०६ विन्दुमा बन्द भएको हो।

आज कूल ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँ बराबरको २ करोड १६ लाख कित्ता शेयर खरिद बिक्री भएको छ। आज ११२ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीको शेयरमूल्य घटेको छ ।

त्यसैगरी, विन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने ङादी ग्रुपको सर्वाधिक कारोबार भएको छ । कम्पनीको मात्र २९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री