जनतालाई न्याय, शान्ति र विकासको अनुभूति दिलाउँछु : मुख्यमन्त्री बानियाँ

काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो कार्यकाल जनतालाई न्याय, शान्ति र विकासको अनुभूति दिलाउन समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् । यसै क्रममा उनले मुख्यमन्त्रीको हैसियतमा आफूले पाउने तलब भत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारका लागि घर निर्माण गरिदिने घोषणासमेत गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश समितिले हेटौँडामा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले आफू जनताप्रति पूर्ण उत्तरदायी, जिम्मेवार र पारदर्शी भएर काम गर्ने बताए । “राजनीति घाटा-नाफाको व्यापार होइन, यो सेवा र धर्म हो,” उनले भने, “म जनताको सेवामा समर्पित भई सत्य, न्याय र इन्साफलाई गरिब तथा निमुखाको पक्षमा उभ्याउनेछु ।”

गरिब र विपन्न समुदायको पीडालाई आफूले नजिकबाट बुझेको उल्लेख गर्दै उनले आफ्नो कार्यकालभरि प्राप्त हुने तलब भत्ता सामाजिक सेवामा लगाउने महत्वपूर्ण घोषणा गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँका साथै कांग्रेसको तर्फबाट मन्त्री बनेका बिनाविभागीयमन्त्री शिवराज अधिकारी र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई पनि नेता तथा कार्यकर्ताहरूले स्वागत तथा सम्मान गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री