नेपाल बैंकका कर्मचारी र ग्राहकलाई अल्फा हेल्थ केयरमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले अब राजधानीको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा स्वास्थ्य सेवा लिँदा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच भएको एक सम्झौताअनुसार बैंकसँग आबद्ध व्यक्तिहरूले विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

सोमबार सम्पन्न सम्झौताअनुसार, नेपाल बैंकका कर्मचारी र खातावाला ग्राहकहरूले अल्फा हेल्थ केयरबाट प्रदान गरिने प्याथोलोजी ल्याब सेवा र औषधि खरिदमा ७ देखि २० प्रतिशतसम्मको छुट पाउनेछन् । यसका साथै, ल्याब परीक्षणका लागि घरबाटै नमुना संकलन गर्ने (होम डेलिभरी) सुविधा पनि निःशुल्क उपलब्ध गराइनेछ ।

सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र अल्फा हेल्थ केयरका ल्याब निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरे । यस सहकार्यले बैंकका कर्मचारी तथा ग्राहकहरूलाई सहुलियतपूर्ण, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दुवै संस्थाले विश्वास लिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री