तेह्रथुम पावरको सवा ४ लाख कित्ता सेयर बिक्री खुला, न्यूनतम १०० रुपैयाँमा आवेदन दिन सकिने

काठमाडौं । तेह्रथुम पावर कम्पनीले आफ्नो अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला गरेको छ । लगानीकर्ताहरूका लागि यो कम्पनीको सेयरमा न्यूनतम मूल्यमा प्रतिस्पर्धा गर्ने अवसर खुलेको हो ।

कम्पनीले गत असार १६ देखि साउन ११ गतेसम्म बिक्री खुला गरेको १:१ अनुपातको हकप्रद सेयरमा सर्वसाधारण समूहले खरिद नगरेको ४ लाख १८ हजार ७३८ कित्ता सेयर अहिले लिलामीमा राखेको हो ।

यो लिलामी प्रक्रियामा जोसुकै इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, जसको अर्थ लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

  • आवेदन दिने अन्तिम मिति: भदौ ३ गते

  • न्यूनतम आवेदन: १०० कित्ता

  • अधिकतम आवेदन: सम्पूर्ण ४,१८,७३८ कित्ता

कहाँबाट दिने आवेदन ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले लिएको छ । लगानीकर्ताले नबिल इन्भेष्टमेन्टको कार्यालय नक्साल, काठमाडौंबाट आवेदन फारम प्राप्त गरी बुझाउन सक्नेछन् ।

यसका साथै, नबिल बैंकका तोकिएका शाखाहरू विराटनगर, विर्तामोड, वीरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट पनि सहजै आवेदन दिन सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री