काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणा गरेको छ। कोषले आफ्ना इकाईधनीहरुलाई कर सहित ४.२७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लाभांश वितरण प्रयोजनका लागि साउन १६ गते (आज) बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।
तपाईंको प्रतिकृया




