निसानको ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ पायोनियर मोटो कर्पलाई, नेपाली बजारमा उत्कृष्ट प्रदर्शन

काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले आफ्नो उत्कृष्ट बिक्री प्रदर्शनका लागि प्रतिष्ठित ‘२०२५ मार्केट सेयर एचिभमेन्ट अवार्ड’ प्राप्त गरेको छ । भारतको चेन्नईस्थित महाबलीपुरममा आयोजित निसान मोटर इन्डियाको वार्षिक दक्षिण एसिया वितरक सम्मेलन २०२५, ‘डिफाइ अर्डिनरी’ मा पायोनियर मोटो कर्पलाई यो सम्मान प्रदान गरिएको हो ।

विशेषगरी बी-एसयूभी आईसीई (इन्टरनल कम्बस्चन इन्जिन) सेग्मेन्टमा बजार हिस्सा बढाउन सफल भएबापत पायोनियर मोटो कर्पलाई यो अवार्ड प्रदान गरिएको हो । उक्त सम्मान निसानको अफ्रिका, मध्यपूर्व, भारत, युरोप तथा ओसियाना (एएमआईईओ) क्षेत्रका ‘चिफ अफ कमर्सियल अपरेसन्स’ लियोन डोर्सर्स र निसान मोटर इन्डिया प्रालिका प्रबन्ध निर्देशक सौरभ वत्साले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।

यो पुरस्कारले नेपाली बजारमा निसान ब्रान्डको उपस्थितिलाई बलियो बनाउन र बिक्रीमा प्रभावशाली नेतृत्व कायम गर्न पायोनियर मोटो कर्पले खेलेको महत्त्वपूर्ण भूमिकालाई प्रमाणित गरेको छ । कम्पनीले पछिल्ला वर्षहरूमा निसानको बजार विस्तारमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ ।

दक्षिण एसियाका लागि निसानको नयाँ रणनीति

सोही सम्मेलनमा निसानले दक्षिण एसियाली बजारका लागि आफ्नो आगामी रणनीतिको पनि घोषणा गरेको छ । जसअन्तर्गत भारतमा उत्पादन हुने तीन नयाँ मोडलका गाडीहरू— बी-एमपीभी, सी-एसयूभी र सी-एसयूभी प्लस— आगामी १८ महिनाभित्र सार्वजनिक गर्ने योजना रहेको छ ।

यी नयाँ मोडलहरू निसानको मौलिक एसयूभी डीएनए र जापानी शिल्पकलाको प्रतिबिम्ब हुने कम्पनीले जनाएको छ । ‘वन कार, वन वर्ल्ड’ रणनीतिमार्फत सार्वजनिक गरिने यी गाडीहरूले क्षेत्रीय बजारमा निसानको उपस्थितिलाई अझै बलियो बनाउने अपेक्षा गरिएको छ ।

पायोनियर मोटो कर्पले सन् २०१४ देखि नेपालमा निसानका गाडीहरू आयात तथा बिक्री गर्दै आएको छ । कम्पनीले जापान, थाइल्यान्ड र भारतमा रहेका निसानका उत्पादन प्लान्टबाट गाडीहरू आयात गर्छ र हाल नेपालभर १३ वटा शोरुममार्फत सेवा प्रदान गरिरहेको छ । यो

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री