काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।
छापावाल सुनको मूल्य तोलाको १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन १ लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन २ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




