नारायणी नदीमा हामफाले २० वर्षीय युवक

काठमाडौं । चिनवनस्थित नारायणी नदीमा फाल हानेर एक युवक बेपत्ता भएका छन् ।

मंगलबार बिहान चितवन र नवलपुर पूर्व जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर झण्डै २० वर्षका एक युवक बेपत्ता भएका प्रहरीले जनाएको छ ।

युवकले नदीमा फाल हानेको जानकारी पाएपछि पुगेको प्रहरीले उनको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एसपी यादव ढकालले जानकारी दिए ।

बेपत्ता युवकको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बेपत्ता युवाको खोजीका लागि १७ नम्बर गणको आईआरटी पोस्टबाट ७ जनाको टोली परिचालन भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री