‘जय श्री दाम’ को केही अंश युट्युबमा (हेरौं)

काठमाडाैँ । सिनेमा ‘जय श्री दाम’ को १५ मिनेटको ‘प्रिभ्यु’ सार्वजनिक भएको छ। प्रिभ्युमा सिनेमाका मुख्य कलाकारहरू अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडा, जेविका कार्की, प्रमोद अग्रहरीलाई समेटिएको छ।

प्रदर्शन हुन केही दिन बाँकी रहँदा सिनेमाका रमाइला दृश्यहरू समेटेर प्रिभ्यु सार्वजनिक गरिएको हो। यसले सिनेमाप्रति थप जिज्ञासा र कूतुहलता बढाउने भन्दै निर्माण पक्षले सिनेमाको प्रचार-प्रसारमा नयाँ शैली अपनाएका हुन्।

यही पुस २० गते रिलिज हुने सिनेमालाई मंकी टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्। विप्लव उप्रेतीले निर्देशन गरेको सिनेमामा कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह–निर्मातामा मित्र डी गुरुङ र रविन आचार्य हुन्।

‘जय श्री दाम’ को पटकथा निर्देशक उप्रेती र अमरदीप सापकोटाले लेखेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको सिनेमा मित्र डी गुरुङले सम्पादन गरेका हुन्।

https://www.youtube.com/watch?v=WjQisM_wlz4

तपाईंको प्रतिकृया

लेखकबाट थप