डिशहोमको ‘खुशीको बोनस’: हरेक हप्ता १४ भाग्यशाली ग्राहकले पाउनेछन् वर्षभरी निःशुल्क इन्टरनेट

काठमाडौं  । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकहरूका लागि “खुशीको बोनस – ३६५ दिन नै बोनस” नामक एक आकर्षक योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत, हरेक हप्ता १४ जना भाग्यशाली ग्राहकले एक वर्षको लागि पूर्ण रूपमा निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्नेछन्।

कम्पनीले आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने र उनीहरूको निरन्तर समर्थनप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले यो योजना ल्याएको हो। यो अफरमा डिशहोमको वार्षिक इन्टरनेट प्याकेज जडान गर्ने नयाँ ग्राहकहरू र आफ्नो वार्षिक प्याकेज नवीकरण गर्ने पुराना ग्राहकहरू सहभागी हुन सक्नेछन्।

प्रत्येक हप्ता हुने लक्की-ड्र मार्फत कुल १४ जना विजेता छनोट गरिनेछ। जसमध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुनेछन्। यी भाग्यशाली विजेताहरूले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउनेछन्। 

विजेताहरूको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज तथा रमाइलो एचडी च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ। यदि कुनै कारणवश शुक्रबार घोषणा हुन नसकेमा आइतबार साँझ ५ बजे विजेताको नाम सार्वजनिक गरिनेछ।

कसरी सहभागी हुने?

यस योजनामा सहभागी हुनका लागि नयाँ ग्राहकहरूले नजिकैको डिशहोम डिलरमा सम्पर्क गरी वा कम्पनीको फोन नम्बर ०१-५९७०३६५ मा कल गरेर वार्षिक प्याकेज जडान गर्न सक्नेछन्। पुराना ग्राहकहरूले भने आफ्नो वार्षिक प्याकेज खल्ती, इसेवा वा माईडिशहोम एप प्रयोग गरी सहजै नवीकरण गर्न सक्नेछन्। 

उपलब्ध वार्षिक इन्टरनेट प्याकेजहरू

डिशहोमले विभिन्न गतिको इन्टरनेट आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक वार्षिक प्याकेजहरू उपलब्ध गराएको छ। भ्याटसहितका यी प्याकेजहरूमा निम्न विकल्पहरू छन्:

  • १०० एमबीपीएस: रु. ८,५००/- प्रति वर्ष 

  • २०० एमबीपीएस: रु. ११,५००/- प्रति वर्ष

  • ३०० एमबीपीएस: रु. १३,५५०/- प्रति वर्ष

नयाँ जडान गर्ने ग्राहकहरूका लागि थप रु. १२३०/- (भ्याट सहित) शुल्क लाग्नेछ।

डिशहोमले उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई यो योजनाले थप बलियो बनाएको जनाएको छ। “३६५ दिन बोनस” योजनाले इन्टरनेट सेवाको मूल्य मात्र नभई ग्राहकको अनुभवलाई समेत समृद्ध बनाउने कम्पनीको विश्वास छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री