काठमाडौं । कुमारी बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग प्रवर्द्धनका क्रममा नयाँ नवप्रवर्तन थप गर्दै ‘कुमारी भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ । बैंकले यो सेवा फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरु गरेको हो, जसअन्तर्गत ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप ‘कुमारी स्मार्ट’ प्रयोग गरी डिजिटल कार्डमार्फत कारोबार गर्न सक्नेछन् ।
भर्चुअल क्रेडिट कार्ड भौतिक कार्ड नभई पूर्णतः डिजिटल माध्यमबाट उपलब्ध हुने सुविधा हो । ग्राहकले उक्त कार्ड मोबाइल एपमार्फत तत्कालै सक्रिय गरी फोनपेको क्यूआर मर्चेन्टहरूमा सहज रूपमा भुक्तानी गर्न सक्नेछन् ।
बैंकका अनुसार ग्राहकहरूले सो कार्डमार्फत अधिकतम ४५ दिनसम्म ब्याजबिना सेवा उपभोग गर्न सक्नेछन् (शर्तसहित) । यस्तै, भुक्तानी गर्दा ग्राहकले सेटलमेन्टमा १० प्रतिशत वा १०० प्रतिशत भुक्तानीको विकल्प चयन गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।



