नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई हिल्टन होटेलमा विशेष छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई काठमाडौं स्थित हिल्टन होटेलमा विशेष छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र हिल्टन होटेल बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई फुड एण्ड बेवरेजमा १० प्रतिशत सम्म छुट दिने भएको छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेबसाइट www.nimb.com.np/personal-banking/offers मा उपलब्ध छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री