शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि–बुकिङ सुरु, प्रिमियम ग्याजेटमा आकर्षक अफर

काठमाडौं । ग्लोबल स्मार्ट डिभाइस ब्रान्ड शाओमीले नेपाली उपभोक्ताका लागि दुई नयाँ ट्याब्लेट — शाओमी प्याड ७ र रेड्मी प्याड २ — को प्रि–बुकिङ सुरु गरेको छ। अत्याधुनिक प्रविधि, शक्तिशाली प्रोसेसर, उत्कृष्ट डिस्प्ले, र लामो ब्याट्री क्षमतासहित यी ट्याब्लेटहरू नेपालभर उपलब्ध हुने जनाइएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीका अनुसार शाओमी प्याड ७ ले पावर युजरहरूलाई लक्षित गर्दा रेड्मी प्याड २ ले सबैका लागि प्रिमियम ट्याब्लेट अनुभव सुलभ बनाउने लक्ष्य राखेको छ।

शाओमी प्याड ७ : हाई–एन्ड प्रविधिको संयोजन

शाओमी प्याड ७ मा ११.२ इन्चको ३.२के रिजोल्युसन भएको १४४ हर्ज रिफ्रेस रेटको डिस्प्ले, Snapdragon® 7+ Gen 3 चिपसेट, र ४५ वाट टर्बो चार्जिङ रहेको छ। यसमा रहेको हाइपरओएस प्रणालीले मल्टीटास्किङलाई सहज बनाउँछ। ८८५० एमएएच क्षमताको ब्याट्रीले लामो समयसम्म चल्ने ग्यारेन्टी दिन्छ।

रेड्मी प्याड २ : सबैका लागि ट्याब्लेट

रेड्मी प्याड २ ले ११ इन्चको २.५के डिस्प्ले, ९० हर्ज रिफ्रेस रेट र MediaTek Helio G100 Ultra प्रोसेसरसहित सुलभ मूल्यमा भरपर्दो प्रदर्शन दिन्छ। ६ र ८ जिबी र्याम र १२८ तथा २५६ जिबी स्टोरेज विकल्पमा उपलब्ध यो ट्याब्लेट ग्राफाइट ग्रे, मिन्ट ग्रीन र ल्याभेन्डर पर्पल रंगमा उपलब्ध छ।

साउन्ड, डिजाइन र सुरक्षामा ध्यान

दुबै ट्याब्लेटमा डल्बी एटमस सपोर्ट भएको क्वाड स्पिकर छन्, जसले सिनेम्याटिक अडियो अनुभव प्रदान गर्छ। स्क्रिनमा टीयूभी रेहिइनल्याण्ड प्रमाणीकरणले आँखाको सुरक्षामा ध्यान दिइएको छ।

मूल्य र उपलब्धता

रेड्मी प्याड २ (६+१२८ जीबी): रु. २४,९९९

रेड्मी प्याड २ (८+२५६ जीबी): रु. २९,९९९

शाओमी प्याड ७ (८+१२८ जीबी): रु. ४४,९९९

शाओमी प्याड ७ (८+२५६ जीबी): रु. ४९,९९९

शाओमी प्याड ७ र रेडमी प्याड २ को प्रि बुकिङ जुन १७ देखि २० सम्म खुला रहने छ । त्यस समयमा विशेष अफरहरू उपलब्ध छन् ।

शाओमी प्याड ७ खरिद गर्दा रु. ७,९९९ मूल्य पर्ने कीबोर्ड वा फोकस पेन केवल रु. ५,९९९ मा उपलब्ध हुनेछ। रेड्मी प्याड २ खरिद गर्नेले रेड्मी बड्स ५ए निःशुल्क पाउनेछन्।

यी ट्याब्लेटहरू नेपालभरका एमआई स्टोर, शाओमीका आधिकारिक विक्रेता, दराज र हुकुट स्टोरमा पनि उपलब्ध छन्। प्रि–बुकिङ अवधिमा खरिद गर्ने उपभोक्ताका लागि सीमित स्टकमा मात्र अफर लागू हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री