सुनमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? जान्नुहोस् नबिल बैंकको यो विशेष योजना

  • सुन किन्न ७०% सम्म कर्जा सुविधा दिने

काठमाडौं । प्राचीन कालदेखि नै धन, शक्ति र सामाजिक प्रतिष्ठाको प्रतीक मानिँदै आएको सुनको मूल्यले पछिल्लो समय ऐतिहासिक उचाइ छोएको छ । विश्वव्यापी आर्थिक अनिश्चितता र बढ्दो महँगीका बीच सुरक्षित लगानीको खोजीमा रहेका सर्वसाधारणका लागि सुन एक आकर्षक विकल्प बनेको हो ।

यही अवसरलाई मध्यनजर गर्दै नेपालको अग्रणी वित्तीय संस्था नबिल बैंकले सर्वसाधारणलाई सुनमा लगानी गर्न सहज बनाउने उद्देश्यले ‘नबिल ढुक्क सुन खरिद कर्जा’ नामक एक नवीन योजना सञ्चालनमा ल्याएको छ ।

सुन केवल एक धातु मात्र होइन, यो एक आर्थिक र सांस्कृतिक धरोहर पनि हो । लामो समयसम्म राख्दा पनि यसको चमक र गुणस्तरमा कमी नआउने भएकाले यसलाई गरगहनादेखि लगानीसम्म प्रयोग गरिन्छ । विशेषगरी, आर्थिक संकट र विश्वव्यापी व्यापारिक तनावको समयमा लगानीकर्ताहरूले सुनलाई सबैभन्दा सुरक्षित आश्रयस्थल मान्छन् । विश्वका केन्द्रीय बैंकहरू, ठूला वित्तीय संस्थाहरू र व्यक्तिगत लगानीकर्ताहरूले समेत आफ्नो पोर्टफोलियोमा सुनलाई समावेश गरेर आर्थिक जोखिम न्यूनीकरण गर्दछन् ।

नेपालजस्तो धार्मिक र सांस्कृतिक विविधता भएको देशमा सुनको महत्व अझ गहिरो छ । जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारहरूमा सुनको प्रयोग अनिवार्य जस्तै मानिन्छ । शुभ र समृद्धिको प्रतीकका रूपमा हेरिने सुनको माग सांस्कृतिक कारणले पनि कहिल्यै घट्दैन । इतिहासलाई हेर्दा, सुनको मूल्यमा सामान्य गिरावट आए पनि दीर्घकालमा यो निरन्तर उकालो लागेको देखिन्छ, जसले गर्दा यसमा गरिएको लगानीलाई भविष्यको सुरक्षा कवचका रूपमा लिइन्छ ।

ढुक्क सुन खरिद कर्जा
बैंकिङ क्षेत्रमा आफ्ना नवीन अवधारणाहरूका लागि परिचित नबिल बैंकले सुनको बढ्दो मूल्य र आम मानिसको खरिद चाहनाबीचको खाडल पुर्न यो कर्जा योजना ल्याएको हो । ‘नबिल ढुक्क सुन खरिद कर्जा’ नेपाली बैंकिङ क्षेत्रका लागि एक अनुपम र समयसापेक्ष योजना मानिएको छ ।

यस योजनाअन्तर्गत, ग्राहकले किन्न चाहेको सुनको कुल मूल्यको ३० प्रतिशत रकम मात्र अग्रिम भुक्तानी गर्नुपर्नेछ भने बाँकी ७० प्रतिशतसम्मको रकम बैंकले कर्जाका रूपमा उपलब्ध गराउनेछ । बैंकले अधिकतम १० लाख रुपैयाँसम्मको कर्जा सुविधा दिँदै आएको छ । यसरी खरिद गरिएको सुन पूर्ण रूपमा सुरक्षित राख्न बैंकको लकरमा राखिनेछ र ऋण चुक्ता भएपछि मात्र ग्राहकले फिर्ता पाउनेछन् ।

योजनाका मुख्य आकर्षणहरूः

सस्तो ब्याजदरः मासिक ब्याजदर १ प्रतिशतभन्दा कम रहेको छ, जसले कर्जालाई सहज र सुलभ बनाउँछ ।

  • निःशुल्क बिमाः कर्जा अवधिभर सुनको निःशुल्क बिमा सुविधासमेत रहेको छ, जसले ग्राहकलाई चोरी वा क्षतिको जोखिमबाट मुक्त राख्छ ।
  • सरल प्रक्रियाः परिचय खुल्ने कागजात (नागरिकता, राहदानी आदि), फोटो र सुन खरिदको कोटेशन पेश गरेको एक घण्टामै कर्जा स्वीकृत हुने बैंकले जनाएको छ ।
  • भविष्यको सुरक्षाः बढ्दो मूल्यवृद्धिको समयमा आजकै मूल्यमा सुन किनेर भविष्यका लागि आर्थिक जोहो गर्ने यो एक उत्तम अवसर हो ।

को हुन् लक्षित ग्राहक ?
बैंकका अनुसार यो योजनामा विशेषगरी दुई समूहका ग्राहकहरू आकर्षित भएका छन् । पहिलो, भर्खरै आफ्नो करिअर सुरु गरेका युवाहरू, जो भविष्यमा हुने विवाह वा अन्य प्रयोजनका लागि अहिलेदेखि नै सुनको जोहो गर्न चाहन्छन् । दोस्रो, ४० वर्ष उमेर नाघेका अभिभावकहरू, जो आफ्ना छोराछोरीको भविष्यका लागि अहिले नै सस्तोमा सुन किनेर ढुक्क हुन चाहन्छन् ।

कहाँबाट पाइन्छ यो सुविधा ?
ग्राहकहरूले गुणस्तरीय सुन खरिद गर्न सकुन् र कुनै किसिमको ठगीमा नपरून् भनी बैंकले निश्चित स्थानहरू तोकेको छ। हालका लागि काठमाडौँ उपत्यकाभित्र न्यूरोड, कालीमाटी, कोटेश्वर, ललितपुरको कुमारीपाटी, मंगलबजार र भक्तपुरको सूर्यविनायक शाखाबाट यो सुविधा उपलब्ध छ । उपत्यका बाहिर पोखराको चिप्लेढुङ्गा, बुटवलको योगीकुटी, धरानको बरगाछी, नेपालगञ्ज र पाँचथरको फिदिम शाखाबाट पनि यो कर्जा लिन सकिन्छ ।

नबिल बैंकः विश्वास र नवीनताको पर्याय
सन् १९८४ मा स्थापित नबिल बैंकले नेपालको वित्तीय क्षेत्रमा एक मजबुत आधारशिला खडा गरेको छ । सेवामा उत्कृष्टता, प्रविधिमा नवीनता र उत्पादनमा विविधतालाई आफ्नो प्रमुख स्तम्भ मान्दै आएको यस बैंकले ग्राहक–केन्द्रित बैंकिङ संस्कृतिको विकास गरेको छ । २६८ शाखा र ३१७ एटीएममार्फत देशभर आफ्नो सञ्जाल फैलाएको नबिल बैंकले वाणिज्य बैंकिङका सबै सेवाहरू एकै छानामुनि उपलब्ध गराउँदै आएको छ ।

वित्तीय कारोबारभन्दा माथि उठेर सामाजिक उत्तरदायित्वमा समेत सक्रिय नबिल बैंकले वित्तीय साक्षरता र पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ । विपन्न वर्ग कर्जादेखि कृषि, नवीकरणीय ऊर्जा र पर्यटनजस्ता प्राथमिकताका क्षेत्रमा लगानी गरेर बैंकले देश विकासमा आफ्नो प्रतिबद्धता जाहेर गर्दै आएको छ ।

विश्व बजारमा सुनको मूल्य निरन्तर बढिरहेको परिप्रेक्ष्यमा, नबिल बैंकको यो कर्जा योजनाले सर्वसाधारणलाई सुनजस्तो बहुमूल्य सम्पत्तिमा पहुँच पु-याएर आफ्नो भविष्य सुरक्षित गर्ने एक सुनौलो अवसर प्रदान गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री