काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ ।
आज प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँ थियो ।
आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको हो ।
तपाईंको प्रतिकृया




