शिवम् सिमेन्टद्वारा ‘नो कम्प्रमाइज’ को नयाँ संस्करण सार्वजनिक

काठमाडौँ । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘नो कम्प्रमाइज’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ ।

यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

हाल सार्वजनिक गरेको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रोमाइज नगरेको स्थितिलाई चित्रण गर्दै, शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रोमाईज नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार, यस क्याम्पेन अन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरू धेरै भिडियो सामग्रीहरू समेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जाने छन् ।

यसअघि सञ्चालन गरिएको ‘Quality को मामलामा No Compromise’ क्याम्पेन अत्यन्तै लोकप्रिय भएको थियो । शिवम् सिमेन्टले केवल उत्पादनको प्रचारमा मात्र केन्द्रित नभई, सामाजिक सन्देशहरू प्रस्तुत गर्ने शैली अपनाउँदै आएको जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री