‘खोज्दा नि आफूलाई भेटाउन सकिन’ सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार बाबुराम श्रेष्ठ ‘यात्री’कोे नयाँ गीत ‘खोज्दा नि आफूलाई भेटाउन सकिन’ सार्वजनिक गरिएको छ । यथार्थपरक र दार्शनिक भावनाले भरिपूर्ण यस गीतमा राजु सिंहको संगीत, रामकृष्ण ढकालको स्वर र फनिन्द्र राईको एरेन्ज छ ।

गीतको रेकर्डिङ पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङले गर्नुभएको हो भने मिक्सिङ सुमन खड्काले गर्नुभएको छ । यसअघि ‘जीवन’, ‘तिम्रो मीठो मुस्कान’, ‘तमासाको खेल’ र ‘माया कहिल्यै मर्दैन’ जस्ता लोकप्रिय गीतहरू दर्शक-श्रोतामाझ पस्किइसक्नुभएका यात्रीको यो नयाँ गीत ‘गायक रामकृष्ण ढकाल’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको मार्मिक शब्द र सुमधुर संगीतले श्रोताहरूको मन छुने विश्वास लिइएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप