काठमाडौं । नेपालकै अग्रणी अन(डिमान्ड प्रोफेशनल सेवा प्लेटफर्म भेटायोले व्यवसायिक भवन तथा संस्थागत ग्राहकलाई लक्षित गर्दै वार्षिक मर्मत सम्झौता प्याकेज सार्वजनिक गरेको छ। भेटायोले सीटीइभीटी बाट मान्यता प्राप्त दक्ष प्राविधिकमार्फत सेवा प्रदान गर्दै आएको र सोही अनुभवलाई नियमित मर्मतसम्भार सेवामा विस्तार गरेको हो।
एएमसी प्याकेजअन्तर्गत शिक्षा, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, होटल तथा रेष्टुरेन्ट, कार्पोरेट कार्यालय जस्ता ठूला संरचनालाई लक्षित गर्दै नियमित मर्मत, निरीक्षण तथा आवश्यक सेवा प्रदान गरिन्छ। यस सेवामा रुटिन चेकअप, १ घण्टाभित्र सेवा उपलब्ध गराउने प्रतिबद्धता, निःशुल्क सेवा निरीक्षण, परामर्श, ३० दिनको वारेन्टी, अफ–आवर सेवा, गुणस्तरीय उपकरणको प्रयोग, त्रैमासिक रिपोर्टिङ लगायतका सुविधाहरू समावेश छन्।
भेटायो एपमार्फत ग्राहकले प्लम्बिङ, इलेक्ट्रिकल, पेस्ट कन्ट्रोल, लन्ड्री लगायत १५ भन्दा बढी सेवा एकै स्थानबाट बुक गर्न सक्छन्। यस प्रणालीले सेवाग्राहीको समय र स्रोतको बचत गर्नुका साथै दिगो सेवा समाधान दिन मद्दत गरेको छ।
एएमसी प्याकेजको प्रारम्भिक मूल्य रु.१ हजार ५०० मासिकदेखि शुरु हुने जानकारी दिइएको छ। प्लम्बिङ, इलेक्ट्रिकल र एसी मर्मतका लागि विशेष प्याकेजहरू समान दरमा उपलब्ध छन्। कम्पनीका अनुसार सम्झौता गरेपछि सम्पूर्ण मर्मत तथा सेवा व्यवस्थापनको जिम्मेवारी भेटायो ले लिनेछ।
भेटायोले ग्राहक सन्तुष्टि र गुणस्तरीय सेवाका माध्यमबाट व्यवसायिक क्षेत्रमा प्रविधिमैत्री तथा भरपर्दो सेवा समाधान दिन खोजेको जनाएको छ।




