बाल मन्दिर प्रकरण : उपप्रधानमन्त्रीको दिदी र तीन भारतीय नागरिकसमेत अभियुक्त (सूचीसहित)

काठमाडौं । काठमाडौंको नक्सालस्थित ऐतिहासिक बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध ठगीको अभियोगमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनालाई प्रतिवादी बनाएर बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रारम्भिक अनुसन्धानपछि सम्झौता रद्द भइसकेको भन्दै मुद्दा नचलाउने निर्णयसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको थियो । तर, सो निर्णयलाई उल्टाउँदै महान्यायाधिवक्ताको कार्यालयले मंगलबार मात्रै मुद्दा चलाउन निर्देशन दिएको थियो । त्यसको भोलिपल्टै सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गराएको हो ।

मुद्दा दर्ता गरिएका १७ जनामध्ये तीन जना भारतीय नागरिक छन् । यस्तै, केही व्यवसायी र सरकारी कर्मचारी पनि अभियुक्तका रूपमा सूचीकृत छन् । आरोपितहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना गर्दै ठगी गरेको आरोप लागेको छ ।

मुद्दामा नाम पर्ने अभियुक्तहरू यस्ता छन्:
१. रिता सिंह वैद्य
२. तुलसी नारायण श्रेष्ठ
३. गणेशभक्त श्रेष्ठ
४. कृष्ण शंकर साह
५. श्याम कुमार आले
६. सुवास कुमार पोखरेल
७. प्रचण्ड राज प्रधान
८. राम काजी गुरुङ
९. योगेन्द्र बहादुर शाही
१०. दीपक दास श्रेष्ठ
११. प्रविण राज जोशी
१२. मुरारी निधि तिवारी
१३. पुरुषोत्तम राज जोशी
१४. श्रद्धा संघाई
१५. अभिनव सिंघानिया (भारतीय नागरिक)
१६. सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७. कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक)

नक्सालस्थित बालमन्दिर क्षेत्र राजधानीको मध्यभागमा अवस्थित ऐतिहासिक सम्पत्ति हो । सार्वजनिक हितमा रहेको यो जग्गा विभिन्न व्यक्तिको मिलेमतोमा गैरकानुनी रूपमा हिनामिना गरिएको भन्दै यसअघि सामाजिक, कानुनी र राजनीतिक तहमा आलोचना हुँदै आएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री