काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्टार्टअप र नयाँ उद्यमी लक्षित विशेष वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको उद्देश्य युवा तथा प्रारम्भिक चरणका उद्यमीहरूलाई व्यवसायिक वित्तीय अभ्यासहरूमा दक्ष बनाउन सहयोग पुर्याउनु रहेको बैंकले जनाएको छ।
कार्यक्रममा २६ जना युवा स्टार्टअप तथा नयाँ उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यवसायिक योजना तयार गर्ने तरिका, व्यक्तिगत बजेट, नगद प्रवाह व्यवस्थापन, बजार रणनीति निर्माण, कर्जा परिचालन तथा ग्राहकको अधिकारबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
बैंकका अनुसार कार्यक्रमले उद्यमीहरूलाई वित्तीय ज्ञानको सही प्रयोगमार्फत आफ्ना व्यवसायहरूलाई अझ सुदृढ, व्यवस्थित र दिगो बनाउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छ। यस्ता कार्यक्रममार्फत उद्यमशीलता प्रवर्द्धनका साथै आर्थिक सशक्तिकरणमा समेत टेवा पुग्ने बैंकको भनाइ छ ।




