समृद्धि फाइनान्समा अडियो क्यूआर उपलब्ध

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड र बिट्स क्राफ्ट प्रा.लि. बीच अडियो क्यूआर उपलब्ध गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा समृद्धि फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र बिट्स क्राफ्ट प्रा.लि.का व्यवसाय विकास प्रबन्धक सुन्दर थापाले हस्ताक्षर गरेका हुन् ।

यस सेवा अन्तर्गत ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण अडियो क्यूआरमा जडित साउन्ड बक्सबाट आउने आवाजद्वारा तुरुन्तै प्राप्त हुनेछ। भुक्तानी सफल भएपछि “Payment Successful” भन्ने जस्ता भ्वाइस मेसेज बज्नेछ, जसले व्यापारी र ग्राहक दुवैलाई तत्काल भुक्तानी पुष्टिको जानकारी दिनेछ।

यस सेवाबाट व्यापारी तथा ग्राहकलाई मोबाइल फोनमा भुक्तानी पुष्टिको मेसेज पर्खनुपर्ने समयको समेत बचत हुनेछ। अडियो क्यूआर सेवा सुरु गर्नुका साथ ग्राहक र व्यवसायीहरूलाई थप सजिलो, सुरक्षित र भरपर्दो भुक्तानी अनुभव प्रदान गर्न सकिने छ ।

समृद्धि फाइनान्स लिमिटेडले डिजिटल वित्तीय सेवा विस्तार गर्दै नयाँ प्रविधिहरू मार्फत ग्राहक सन्तुष्टिमा केन्द्रित सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप