स्वामी कैलाशानंद महाराजद्वारा चन्द्रागिरि हिल्सको भ्रमण

काठमाडौँ । स्वामी कैलाशानंद महाराजले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । गत वैशाख २१ गते सोमबारको विशेष दिन पारी उनले चन्द्रागिरि हिल्सको भ्रमण गरेका हुन् ।

महाराज नंद सहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स प्रमुख कार्यकारी अधिकृत अरुण प्रधान तथा मुख्य बजार प्रबन्धक प्रभाकर खड्काले स्वागत गरे ।

भ्रमणको स्वामी नंदले पर्यटकहरूका लागी चन्द्रागिरि हिल्स उत्कृष्ट गन्तव्य बन्न पुगेको भनी प्रशंसा गरे । स्वामी कैलाशनंद सहितको भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।

साथै चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति गरेको बताए । भ्रमणका क्रममा स्वामी नंदले ‘मनमोहक दृश्य’, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेको बताए । त्यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सबैलाई लोभ्याउने पनि उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री