धनगढीमा पञ्चकन्या ग्रुपको ‘बाथवेयर’ प्रिमियम सुरुआत

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ प्रिमियम बाथवेयर ब्रान्ड ‘पञ्चकन्या बाथवेयर’ को औपचारिक सुरुआत सुदूरपश्चिम प्रदेशको व्यावसायिक केन्द्र धनगढीबाट गरेको छ। शनिबार आयोजित भव्य डिलर लञ्च कार्यक्रममा ६० भन्दा बढी व्यवसायिक, निर्माण, शिक्षा, पर्यटन तथा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो नयाँ प्रयासले नेपालको बाथवेयर बजारमा लामो समयदेखि देखिएको समस्या अत्यधिक महँगा प्रिमियम उत्पादन र सस्तो तर न्यून गुणस्तरका विकल्पबीच सीमित रोजाइलाई सम्बोधन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ। पञ्चकन्या बाथवेयरले प्रिमियम स्तरको ट्याप, सावर र अन्य सहायक उपकरणहरू प्रस्तुत गर्दैछ ।

पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तर र नवप्रवर्तनमा केन्द्रित प्रतिबद्धता प्रस्तुत गर्दै बाथवेयर बजारमा ब्रान्डको दृष्टिकोण, विशेषता र यसको दीर्घकालीन सम्भावनाहरूबारे प्रकाश पारे ।

पञ्चकन्या बाथवेयरका सेल्स हेड बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी रणनीतिबारे सहभागीहरूलाई जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप