स्थानीय वायुको प्रभाव : बदली र गर्मीको चेतावनी

काठमाडौँ । हाल नेपालमा स्थानीय वायुले आंशिक प्रभाव जमाइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप देशभर न्यूनतम र अधिकतम तापक्रममा क्रमशः वृद्धि भइरहेको छ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रहरूमा मौसम प्रायः सफा छ।

आज दिउँसो: कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

साथै, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति दिउँसोको जस्तै मौसमको अवस्था रातिसम्म निरन्तर रहनेछ।

कोशी, गण्डकी र कर्णालीका पहाडी क्षेत्रहरूमा वर्षा र चट्याङको जोखिम, तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री