मेलम्ची फेरि अन्योलमा, विदेशी ठेकेदार कम्पनीका म्यानेजरसहित ८ जनाको पासपोर्ट जफत

काठमाडौं ।  तीन दशकको प्रतीक्षापछि काठमाडौंमा पिउनेपानी आउँदै लाग्दा मेलम्ची आयोजना अर्को झमेलामा परेको छ । निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेन्लाले ठेक्का सम्झौता रद्द गर्न सूचना बुझाएको छ ।

आयोजनालाई दुई साताअघि नै सूचना दिएको ठेकेदार कम्पनीका प्रतिनिधि स्वदेश फर्कन थालेपछि सरकारले पासपोर्ट नियन्त्रणमा लिएको छ । ठेकेदार कम्पनीको कर्मचारीको जस्तै मेलम्चीको भविष्य पनि अन्योलमा परेको छ ।

आयोजनाले एकतर्फी ठेक्का रद्द गर्न नमिल्ने भन्दै सरकारले छिटो सक्न निर्देशन दिएको थियो । तर, दुई दिनअघि आयोजनास्थलबाट म्यानेजरसहित सबै प्रतिनिधि काठमाडौं आएका थिए । उनीहरु सोमबार स्वदेश फर्किने तयारीमा थिए । तर, म्यानेजर क्रिस्टियानो ग्रेसोसहित आठजनाको पासपोर्ट नियन्त्रणमा लिएर प्रहरीले मेलम्ची आयोजनालाई दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप