आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाईंदै

काठमाडौं। आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि मनाईंदैछ । दिवसको अवसरमा श्रमको सम्मान : राष्ट्रिय अभियान र सिपयुक्त जनशक्ति र स्वरोजगार : आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ आप्रवासीको अधिकारका विषयमा विभिन्न कार्यक्रम हुँदैछन् ।

सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २००० देखि दिवस मनाउन थालिएको हो । अहिले विश्वका झण्डै २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहेका छन्  । विश्वव्यापीकरण, औद्योगिकीकरण, सूचना र सञ्चारको विस्तारसंगै अन्तराष्ट्रिय स्तरमा आप्रवासीको सङ्ख्या बढ्दै गएको छ ।

राजनीतिक अस्थितरताका कारण नेपालमा पछिल्लो समयमा रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप