अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध चिसिने संकेत

काठमाडौं । उत्तर कोरियाले अमेरिकाद्धारा आफ्ना तीन वरिष्ठ सरकारी अधिकारीहरुविरुद्ध लगाएको प्रतिवन्धको चर्को आलोचना गरेको छ ।अमेरिकी कदमको प्रतिक्रियास्वरुप उत्तर कोरियाले प्योङयाङको निशस्त्रीकरण अभियानलाई सदाको लागि बन्द गर्ने चेतावनीसमेत दिएको छ ।

अमेरिकाले गत सोमबारमात्रै तीन उत्तर कोरियाली अधिकारीविरुद्ध प्रतिबन्ध लागाएको घोषणा गरेपछि उत्तर कोरियाको यो चेतावनी आएको हो । गत जनु १२मा उत्तर कोरियाली शासक किम जोन उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच सिंगापुरमा आणबिक निशस्त्रीकरण गर्नेबारे सहमति भएको थियो ।

सोही सहमती तोड्ने उत्तरको कोरिकाको चेतावनीप्रति भने अमेरिकाले कुनै प्रतिक्रिया दिएको छैन । अमेरिका र उत्तर कोरियाबीचके सम्बन्धमा पछिल्लो समय सुधार आएतापनि पछिल्लो समय अमेरिकाले उत्तर कोरियाका अधिकारीहरुमाथि प्रतिबन्ध लगाएपछी सम्बन्धमा तुषारापात आएको हो ।

जसका कारण आणबिक निशस्त्रीकरणको सहमती समेत प्रभावित हुने आंकलन गरिएको छ । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक

काठमाडौं । दसैँ, तिहार तथा छठको अवसरमा आईएमई पेले “आइएमई पे डिजिटल दसैँ तिहार” योजना …

प्रतिकृया दिनुहॊस