काठमाडौं । उपत्यकासहित देशभर जाडो बढ्दै गएको छ । मौसमविद् राजु प्रधानाङगका अनुसार सोमबार बिहान काठमाडौंको न्युनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।
सोमबार यो वर्षकै कम तापक्रम मापन गरिएको हो । आइतबार काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । सोमबार दिउँसो काठमाडौंसहित देशका पहाडी भेगमा आशिक बदली हुने सम्भावना छ ।
पूर्वका उच्च पहाडी र मध्येको उच्च पहाडी भेगमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहॊस