काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पुनः दरखास्त आह्वान गरेको छ। आइतबार (चैत ३ गते) दोस्रोपटक सूचना जारी गरी साझा यातायातले पहिलोपटक मंसिर २८ गते प्रकाशित सूचनाबमोजिमका योग्यता भएका इच्छुक नेपाली नागरिकलाई सीईओ पदका लागि आवेदन दिन आह्वान गरेको हो।
दरखास्त सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र साझा यातायातको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा दिन भनिएको छ।
पहिलो सूचनाअनुसार साझा यातायातको प्रमुख कार्यकारी अधिकृत सिफारिस कार्यविधि, २०८१ को दफा (५) को उपदफा (२) बमोजिम तोकिएको आवश्यक संख्यामा दरखास्त आउन नसकेकाले पुन: आवदेशन आह्वान गरिएको साझाले जनाएको छ।
उम्मेदवारको योग्यता तथा अन्य सर्त मिति २०६१/०८/२८ गते गोरखाप दैनिकमा प्रकाशित सूचनाबमोजिम नै हुने र यसको विस्तृत विवरण संस्थाको वेबसाइट www.sajhayatayat.com.np मा पनि हेर्न सकिने साझा यातायातले जनाएको छ।




