पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने सरकारी तयारीप्रति कांग्रेसको असन्तुष्टि

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सरकारको तयारीप्रति असन्तुष्टि जनाएका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘मुलुकको आर्थिक अवस्था कमजोर रहेको बेला यस्तो निर्णय गर्नु उपयुक्त होइन ।’

उनले यो निर्णयलाई आलोचना गर्दै, सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण, युवाहरुको रोजगारी र जनताको स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने बताएका छन् । यादवले भने, ‘अहिले मुलुक आर्थिक संकटमा छ  युवाहरु विदेश जान बाध्य छन्, र जनताले उपचार नपाएर ज्यान गुमाउनु परेको छ। सरकार यसतर्फ ध्यान दिनु आवश्यक छ ।’

पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने योजनामा सरकारको ध्यान आकर्षित गर्दै उनले भने, ‘यो समय देशको हितमा यस्तो कदम उठाउनु उपयुक्त छैन। हाम्रो मुलुकको आर्थिक अवस्था कमजोर छ र जनताको विश्वास सरकारमा घटिरहेको छ ।’

यादवले, देशको वर्तमान परिस्थितिमा विकास र सार्वजनिक सेवामा सुधार ल्याउन जरुरी रहेको बताएका छन् र सरकारलाई पूर्वविशिष्टलाई सुविधा दिने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप