काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




