काठमाडौं । नेपाल टेलिकममा विभिन्न पदका लागि ६९ जना कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले आज विज्ञापन खुलाएको हो । आज सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त दिन आह्वान गरिएको छ ।
योग्य उम्मेदवारले www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् । आवेदन दिने म्याद यही फागुन २९ गतेसम्म छ । त्यसपछि दोब्बर परीक्षा दस्तुर तिरेर चैत ७ गतेसम्म दरखास्त दिन सकिने छ ।
तपाईंको प्रतिकृया




