दाङ । गण्डकी बिकाश बैकले दाङको तुलसीपुरमा नयाँ शाखाको समुदघाटन गरेको छ । उक्त शाखाको उद्घाटन तुलसीपुर उप महानगर पालिकाका प्रमुख घनश्याम पाण्डेले गरे ।कार्यक्रममा बोल्दै बैकका सञ्चालक कृष्णबहादुर थापाले स्थानीय तहको समन्वयात्मक भुमिकामा गण्डकी बिकाश बैकले अबसर प्राप्त गरे असाहय,जेष्ठ नागरिक र अपांगता भएको ब्यक्ति हरुको घरसम्म पुगेर बैङ्किङ सेवा प्रदान गर्न तयार रहेको जानकारी दिए ।
कार्यक्रममा बैकका सिईओ रेशम कुमार थापाले ५० हजार देखि माथि ऋण प्रबाह गर्न सकिने भन्दै नारी बचत, जनरल रेभिङ, मोवाईल बैकिङ जस्ता सेवाहरु आफुहरुले प्रदान गर्दै आएको जानकारी व्यक्त गरे ।
तपाईंको प्रतिकृया




