काठमाडौं । झापामा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । आइतबार बिहान भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएको डिएसपी कृष्ण चन्दले जानकारी दिए ।
उनका अनुसार तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् । मृतक खतिवडा भोजपुर टैम्केमैयुङ गाउँपालिका–४ घर भई मोरङ कानेपोखरी गाउँपालिका–७ बस्दै आएका छन् । उनको मृत्यु कतिबेला भएको भन्ने खुलेको छैन ।
प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको डिएसपी चन्दले बताए । घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
तपाईंको प्रतिकृया



