काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आफ्नो प्राथमिक शेयर (आईपीओ) जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।
कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १०० का दरले २०,८०,००० कित्ता शेयर जारी गर्नेछ, जसअनुसार कूल रु. २० करोड ८० लाख बराबरको शेयर सर्वसाधारणका लागि उपलब्ध गराइनेछ। यस सम्बन्धी सम्झौतापत्रमा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन्।
एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाबाट बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मेगावाट क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीको प्राथमिक शेयर निष्काशनले जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा टेवा पुर्याउने विश्वास गरिएको छ।




