अप्टिक आइजमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको चाबहिलस्थित अप्टिक आइजमा कुमारी बैंकका ग्राहकहरूले १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउने उद्देश्यले अप्टिक आइजसँग त्यस्तो सम्झौता गरेको जनाएको छ ।

सम्झौताअनुसार अप्टिक आइजबाट प्रदान गरिने सेवाहरूमा फ्रेम र सनग्लासहरूमा १५प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, प्रेस्क्रिप्सन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चस्माको सामान्य मर्मत तथा परामर्श सेवा नि:शुल्क गरिने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप