केरुङ–काठमाडौं रेलमार्गको डिपिआर बनाउन चीन सकारात्मक

काठमाडौं । प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ ।

केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर गर्न पनि सकारात्मक देखिएको छ ।

काठमाडौंमा चलिरहेको तेस्रो दुईपक्षीय बैठकमा नेपालले अन्तरदेशीय रेलमार्गको डिपिआर तयार गर्न अनुरोध गरेसँगै चिनियाँ पक्ष यसमा सकारात्मक देखिएको हो ।

यसअघि नेपाल र चीनबीच उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीअनुसारको प्रतिवेदन चीनले नेपाललाई बुझाइसकेको छ । –नागरिक दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आजसम्म राजीनामा दिन प्रचण्डलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले आजसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ। हिजोे …

प्रतिकृया दिनुहॊस