कांग्रेस बैठकमा हिन्दूधर्मबारे खुलेरै बहस

काठमाडौँ । कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

केन्द्रीय कार्यसमितिको बुधवारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिंदै नेताहरुले हिन्दूधर्मबारे खुलेर तर्क राखेका छन् ।

यो विषयले २८ मंसिरदेखि काठमाडौँमा हुने महासमिति बैठकमा पनि प्रवेश पाउने सम्भावना छ ।

यसअघि महामन्त्री डा. शशांक कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने भन्दै जनमतसंग्रह गर्नुपर्ने बताएका थिए । कोइराला परिवारकै अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि केही समयअघि धर्मको विषयलाई पार्टीले ‘सेटल’ गर्नुपर्ने बताएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२५ दिनमै विपद्जन्य घटनाबाट ४७ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ । …

प्रतिकृया दिनुहॊस