वाइड बडीबारे छानबिन गर्न लेखाले बनायो उपसमिति

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल एयरलाइन्सको वाइडबडी जहाज खरिद प्रकरणको छानविन गर्न उपसमिति बनाएको छ। खरिद प्रक्रियाका सबै कागज प्रमाण मगाएको समितिले छानविन गर्न १५ दिनको समय दिएर उपसमिति बनाएको हो।

राजेन्द्र केसी संयोजक रहेको समितिमा प्रेम आले, धर्मशिला चापागाईं, प्रदीप यादव,मीना सुब्बा र कृष्णलाल महर्जन सदस्य छन्। समितिले यसअघि खरिदका क्रममा अपनाइएको विधिका बारेमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल वायु सेवा निगमले वाइड बडी जहाज किन्दा सार्वजनिक खरिद ऐनको पूर्ण पालना नगरेको बताएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग संवाद गर्दै सभामुख

काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन् । …

प्रतिकृया दिनुहॊस