फोनपे बिल्समार्फत यसरी तिर्न सकिन्छ बिमा प्रिमियम, विजेतालाई शतप्रतिशत क्यासब्याक

काठमाडौं । फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिंग एप मार्फत बीमा प्रिमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १००% क्याशब्याक जित्ने अवसर प्रदान गर्न एक रोमाञ्चक अभियान सुरु गरेको जनाएको छ। यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रीमियम तिर्दा १००% क्याशब्याक (रु. १५,००० सम्म) प्राप्त गर्ने छन्।

यो अभियान माघ ३० सम्म चल्ने कम्पनीको भनाइ छ । यो योजनामा सहभागी हुनका लागि, ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रीमियम तिर्नु पर्छ। सफल भुक्तानी पछि उनीहरू स्वतः लकी ड्रा को लागि योग्य हुने र १००% क्याशब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सहभागीता कसरी गर्ने:
१. आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस्
२. “फोनपे बिल्स” वा “अनलाइन भुक्तानी” सेक्सनमा जानुहोस्
३. उपलब्ध भुक्तानी श्रेणीहरूमध्ये “बीमा” विकल्प छान्नुहोस्
४. आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भर्नुहोस् र सबै विवरणहरू सही छन् गरी जाँच गर्नुहोस्
५. भुक्तानी पुष्टि गर्नुहोस्

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री